शनिबार १३ असार, २०८३ (Saturday June 27, 2026)

भटाभट आउन थाल्याे मत परिणाम ,राेल्पाकाे रून्टीगढ- ४ मा मगर र तिलागुफा- ४ मा नेमकिपाका शाही विजयी ।

आईतवार १६ मंसिर, २०८१ Bichar Batika 1711


भटाभट आउन थाल्याे मत परिणाम ,राेल्पाकाे रून्टीगढ- ४ मा मगर र तिलागुफा- ४ मा नेमकिपाका शाही विजयी ।

मंसिर १६ काठमाडौं, आज सम्पन्न भएकाे स्थानीय उप निर्वाचनकाे मत परिणाम अहिले भटाभट आउन थालेकाे छ ।
  अहिलेसम्म राेल्पाकाे रून्टीगढी गाउँपालिका - ४ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भूपमणि पुन मगर र कालीकाेटकाे तिलागुफा गाउँपालिका - ४ काे वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी ( नेमकिपा) का खड्कराज शाही बिजयी भएकाे छ।

 जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार राेल्पाकाे रून्टीगढीमा काँग्रेसका उम्मेदवार मगरले ६४३ मत ल्याई बिजयी हुदा नेकपा ( एमाले) का उम्मेदवार बेगम पुन मगरले ५३५ , माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० , राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहल बहादुर वलीले १० , राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिम बहादुर बुढा मगरले ७ र मंगाेल नेसनल अर्गनाइजेसनका उम्मेदवार पूर्ण बहादुर बुढा मगरले ७ मत ल्याएको  छ।


कालीकाेटकाे तिलागुफा गाउँपालिका - ४ मा भने नेपाल मजदुर किसान पार्टी ( नेमकिपा) का उम्मेदवार शाहीले  १४३ मत ल्याई बिजयी हुदा माओवादी केन्द्रका उम्मेदवार नैसाेभा शाहीले ११५, एमालेका उम्मेदवार ऐन बहादुर शाहीले ७८, नेपाली काँग्रेसका उम्मेदवार पैल बहादुर शाहीले ४९ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गाेगन बहादुर शाहीले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गगन बमले ५ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु