सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए प्राप्त ।

शनिबार २२ मंसिर, २०८१ Bichar Batika 1599


नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए प्राप्त ।

मंसिर २२ काठमाडौं ,नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए) अनुदान प्राप्त गर्नुभएको छ ।

प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको ब्राइटन विश्वविद्यालयबाट ओडीए अनुदान प्राप्त गर्नुभएको हो ,गुल्पर टेक्नोलोजी एउटा म्यानुअल सेप्टिक ट्याङ्की खाली गर्ने यन्त्र हो जुन नेपालमा पहिलो पटक सर्लाहीको गुलरिया नगरपालिकामा प्राध्यापक त्रिपाठीको नेतृत्वमा २०२४ मा ‘ब्राउन गोल्ड प्रोजेक्ट तर्फ’ अन्तर्गत परीक्षण गरिएको थियो । सरसफाई कर्मचारीहरूको स्वास्थ्य र सुरक्षामा सुधार गर्ने र खाली गरिएको फोहोरलाई प्रशोधन केन्द्रहरूमा पठाउने कार्य उक्त प्रोजेक्टको उद्देश्य छ ।
‘२०२०–०२१ मा हामीले गुलरियामा गरेको अध्ययनमा प्रशोधन प्लान्टको लागि ८ प्रतिशत मात्र फोहोर पठाइएको फेला पार्यौं, जबकि ९२ प्रतिशत फोहर त्यहाँका जनताहरुले खाली स्थानमा राख्ने अथवा निजी क्षेत्रका फोहर व्यवस्थापनलाई दिने गरेका थिए । यतिमात्र हैन प्रायः फोहोर नजिकै गाड्ने समेत पाएका थियौं ।’

प्राध्यापक त्रिपाठीले भन्नुभयो । उहाँका अनुसार फोहर व्यवस्थापनमा त्यस्ता अभ्यासहरूले वातावरणीय प्रदूषण र जमिनमुनीको पानीलाई प्रदूषण गराउने खोजहरूले प्रमाणित गरिसकेको छ ,नेपालमा, लगभग ८५ प्रतिशत जनसंख्याले अनसाइट सरसफाइ प्रणालीको अध्यास गर्ने र गुल्पर प्रविधिले सरसफाई क्षेत्रमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ । यस परियोजनाले समाजमा स्वच्छ वातावरण सिर्जना गर्ने, स्रोतको पुर्नप्रयोग बढाउने र सरसफाई कर्मचारीहरूको स्वास्थ्यको सुरक्षा गर्ने अपेक्षा गरिएको छ ।

परियोजना टोलीमा प्राध्यापक जेम्स एब्डन, ब्राइटन विश्वविद्यालय बेलायतका सह–प्राध्यापक डियोगो डा सिल्भा साथै नेपाल इन्जिनियरिङ कलेजका प्रा.डा. अरुण सत्याल र सहायक प्राध्यापक प्रकाश बस्याल संलग्न हुनुहुन्छ । आयोजना सन् २०२४ को डिसेम्बरदेखि २०२५ जुनसम्म सञ्चालन हुने बताइएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु