शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

एमाले नेता गाैतम द्वारा क्यान्सर पिडित श्रेष्ठलाई आर्थिक सहयाेग ।

शनिबार ५ माघ, २०८१ Bichar Batika 2357


एमाले नेता गाैतम द्वारा क्यान्सर पिडित श्रेष्ठलाई आर्थिक सहयाेग ।

माघ ५, काठमाडौं , नेकपा ( एमाले ) बागमती प्रदेश कमिटी सदस्य समाजसेवी नेता रत्न प्रसाद गाैतमले रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ- गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई आर्थिक सहयाेग गर्नु भएकाे छ ।


    नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पहलमा रामेछाप नगर कमिटी अध्यक्ष राेशन पाख्रीनकाे सहजीकरणमा एमाले नेता रत्न प्रसाद गाैतम बाट रू २० हजार, रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) बाट रू २ हजार र रामेछाप जिल्ला कमिटी सदस्य हरि बहादुर राेक्का र रामेछाप नगर कमिटी अध्यक्ष  राेशन पाख्रीन बाट रू एक/ एक हजार गरि जन्मा रू २४ हजार नगद आर्थिक सहयाेग रामेछाप नगर कमिटी अध्यक्ष राेशन पाख्रीनले रामेछाप जिल्ला कमिटी सदस्य हरि बहादुर राेक्का , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) उपाध्यक्ष दिलिप श्रेष्ठ ( दिल) सचिवालय सदस्य खिल बहादुर श्रेष्ठ , सम्पर्क मञ्चको सल्लाहकार सदस्य नीर बहादुर श्रेष्ठ , रामेछाप नगर कमिटी सदस्य केशर बहादुर कार्की , रामेछाप नगर - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष नर बहादुर वि.क. सचिव शंकर बस्नेत, नगर सम्पर्क मञ्चको पूर्व सचिवालय सदस्य देव कुमारी श्रेष्ठ , गाेठगाउँ- काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष पहल बहादुर बाेहाेरा बिरामी श्रेष्ठको श्रीमान तथा नेकपा ( एमाले ) गाेठगाउँ वडा कमिटी सदस्य माेहन कुमार श्रेष्ठ  लगायतको उपस्थितिमा श्रेष्ठकै बासस्थान काेटेश्वर पुगी हस्तान्तरण गर्नु भएकाे थियाे ।

 


  साथै उक्त भेटघाटमा श्रेष्ठ साहुखल परिवारकाे तर्फबाट साहुखलका १६ भाइ बाट संकलित सहयाेग रकम श्रेष्ठ साहुखल परिवारकाे सचिव नीर बहादुर श्रेष्ठले साहुखलकाे काेषाध्यक्ष दिलिप श्रेष्ठ , सञ्चालक समिति सदस्य देव कुमारी श्रेष्ठ , साहुखल परिवारका सदस्य विन्दा श्रेष्ठ , यसाेदा श्रेष्ठकाे उपस्थितिमा एकमुष्ट रकम रू ३८ हजार ५० रूपैयाँ हस्तान्तरण गर्नु भएकाे थियाे ।

 


 विगत छ महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउदै आउनु भएकाे श्रेष्ठको डाक्टरकाे सल्लाह बमोजिम यहि माघ ७ गते साेमबार अप्रेसन गर्न गहिरहेकाेले श्रेष्ठको शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै सहयाेगी मनहरूलाई सकेकाे आर्थिक सहयाेग गरिदिनु समेत अनुराेध गर्दछौं ,विचार वाटिका डट कम
 सम्पर्क नम्बर :- 9861836074 ,राष्ट्रिय वाणिज्य बैंक ,खाता नम्बर :- 1320100001462010 खातावालाकाे नाम:- माेहन कुमार श्रेष्ठ , बिरामीको श्रीमान ,

    

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु