शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सहिदकाे शालिकलाई गंगाजल छर्केर शुद्धीकरण गरी मनाए मधेसी युवाले बलिदानी दिवस ।

आईतवार ६ माघ, २०८१ Bichar Batika 1645


सहिदकाे  शालिकलाई गंगाजल छर्केर शुद्धीकरण  गरी मनाए  मधेसी युवाले बलिदानी दिवस ।

माघ ६ सिरहा,  सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाहरुले गंगाजल छर्केर शुद्धिकरण गरी बलिदानी दिवस मनाएकाे  छ ।

मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दैै आएको गम्भीर आरोप लगाएका छन् । उनले मधेशी युवाहरुलाई हत्या गर्ने ठूला दलका नेताहरुको पाउँपुजा गर्नेहरुले शहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धिकरण गरिएको दाबी गरे ।

मधेशका मसीहा भनाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाहरुले लगाए । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु