मंगलवार २० जेष्ठ, २०८२
जेष्ठ २० काठमाडौं , काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएकाे महानगर स्राेतले जनाएकाे छ ।
महानगर स्रोतका अनुसार काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत सराेज गुरागाईलाई यसअघि पाण्डेले कार्यालय प्रवेशमा अवरोध पुर्याएकाे आराेपमा गुरागाईंले स्पष्टीकरण मागेका थिए ।
गुरागाईंले पाण्डेलाई आफू कार्यालय जान खोज्दा अवरोध गरेको र नगर प्रहरी प्रशासनमा अनुशासनहीनता देखिएको भन्दै स्पस्टिकरण मार्फत जवाफ मागेकाे थिए ।

पाण्डेको जवाफ चित्तबुझ्दो नभएपछि उनलाई कारबाही गरिएको महानगर स्रोतले जनाएकाे छ ।