बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

सात एजेन्डा माथि छलफल गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न ।

सोमबार २ असार, २०८२ Bichar Batika 1406


सात एजेन्डा माथि छलफल गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न ।

असार २ भक्तपुर , सात एजेन्डा माथि छलफल गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ ।
पत्रकारिता सम्मेलनमा निम्न  एजेन्डाहरू माथि  छलफल भएको थियो ।
१) मातृभाषा संरक्षणका लागि पत्रकारिता ।
२) मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति ।
३) सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको उपलब्धि ।
४) धर्मादित्य धर्माचार्यदेखि अहिलेसम्म मातृभाषा पत्रकारिता ।
५) बहुल समाज विकासमा मातृभाषा पत्रकारिताको भूमिका ।
६) मातृभाषा पत्रकारिता विकासमा संस्थागत भूमिका ।
७) मातृभाषा पत्रकारितामा बजार व्यवस्था ।

दुई दिनसम्म चलेको  सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रबन्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरुले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर बजेटकाे व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।

सम्मेलनलाई उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारिता मार्फत नेपालको संविधानले सुनिश्चित गरेको बहुल समाजभित्रको एकतालाई व्यवहारमा लागू गर्न सकिने बताउनुभयो ,उहाँले सरकारी सञ्चार माध्यममा भाषाभाषीका समाचार प्रकाशन र प्रशारण हुँदै आएको सन्दर्भ जोड्दै यसमा थप समृद्ध गर्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुर थिमि बैंक्वेटमा सम्पन्न भएको दोस्रो दिनको सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले मातृभाषा संरक्षण गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बताउनु हुदै विद्यालयस्तरमा मातृभाषाको अध्यापन गर्नको लागि नगरपालिकाले तयारी गरिरहेको समेत जानकारी गराउनु भयाे।
नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यल, पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले नेपालभाषाको माध्यमबाट पत्रकारिता सुरु भएकाे १०१ वर्ष पुगेको उपलक्ष्यमा सम्मेलनको आयोजना गरीयकाे र कार्यक्रमलाई सम्पन्न गर्न सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुभएको बताउनु भयाे  ।
करिब ५० विदेशी पत्रकार तथा सय जना नेपाली पत्रकारहरू समिल्लित रहेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सार्क जर्नलिष्ट फोरम र फोनिजले सहकार्य गरेको थियो ,सम्मेलनमा नेपाल लगायत विश्वव्यापी रहेको मातृभाषा पत्रकारिताको चुनौती, अवसर र भविष्यका सम्भावनाहरूमा केन्द्रीत रहेर विभिन्न चरणमा  छलफल गरेको थियो । गोरखापत्रका पूर्व प्रधान सम्पादक पुस्करभक्त माथेमाले नेपालको सरकारी सञ्चार गृहमा मातृभाषाको पत्रकारिताको अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस अघि सन् २०१८ र २०२२ मा राष्ट्रिय सम्मेलन र सन् २०२४ मा पहिलाे अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएकाे थियाे ।
   तस्बिर तथा समाचार स्राेत , के के मानन्धर ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु