सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धराैटीमा विशेष अदालतको छाेड्न आदेश ।

बुधबार ११ असार, २०८२ Bichar Batika 1425


पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धराैटीमा विशेष अदालतको छाेड्न आदेश ।

असार ११ काठमाडौं , पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाेड्न विशेष अदालतलेआदेश दिएकाे छ।

बुधबार विशेष अदालतमा तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेशसँगै पूर्व प्रधानमन्त्री नेपाल ताेकिएकाे धराैटी  बुझाएर आज घर जान पाउने छन् ,नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, कृष्णप्रसाद भण्डारी, गोविन्द वन्दी, खम्बबहादुर खाती र रमन श्रेष्ठले बहस गरेका थिए ।

नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठलाई गैरकानुनी रूपमा हदबन्दीभन्दा बढी जग्गा किन्न र पछि बेच्न दिने निर्णय गराएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु