सोमबार १९ आश्विन, २०८३ (Monday October 05, 2026)

जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा सम्पर्क समन्वय द्वारा मैत्रीपूर्ण म्याराथन कार्यक्रम हुदै ।

शुक्रबार १३ असार, २०८२ डि बि श्रेष्ठ 1747


जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा सम्पर्क समन्वय द्वारा मैत्रीपूर्ण म्याराथन कार्यक्रम हुदै ।

असार १३ काठमाडौं , नेकपा ( एमाले ) का तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा नेकपा ( एमाले ) सम्पर्क समन्वय कमिटीले २०८२ असार १४ गते शनिबार  मैत्रीपूर्ण म्याराथन कार्यक्रमको आयाेजना गर्न गहिरहेकाे छ ।

तत्कालीन महासचिव भण्डारीको सम्झनामा भाेली असार १४ गते शनिवार  बिहान ६.३० बजे देखि ८.०० बजेसम्म  त्रिपुरेश्वर रङ्गशाला देखि काेटेश्वरकाे तिनकुनेमा पुगेर मैत्रीपुर्ण म्याराथन कार्यक्रम समापन हुने कार्यक्रम तय भएकाे उक्त कार्यक्रममा सम्पर्क  समन्वय कमिटी मातहतका सम्पूर्ण प्रदेश सम्पर्क कमिटी ,सम्पूर्ण जिल्ला सम्पर्क मञ्च र सम्बन्धित जिल्ला सम्पर्क मञ्च मातहतका सम्पूर्ण क्षेत्र ,पालिका तथा वडा सम्पर्क मञ्चमा आबद्ध नेता तथा कार्यकर्ताहरू लाई व्यापक उपस्थिति गराउन निर्देशन जारी गरी सकेकाे र आफू लगायत केन्द्रीय कमिटी , सम्पर्क समन्वय कमिटीको नेताहरू पनि प्रचारप्रसारमा लागिरहेकाे सम्पर्क समन्वय कमिटीको संयाेजक श्याम कुमार बस्नेतले  विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु