सोमबार ३० असार, २०८२
असार ३० काठमाडौं , सफल व्यवसायी भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरूङले ९ कराेड ५० लाखमा बनाईदिएकाे त्रि.वि. शिक्षण अस्पतालकाे ईएचएस भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे छ ।


त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सबकाे अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गर्नुभएको थियाे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताउनु हुँदै दु:ख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र साबित्री गुरुङको प्रशंशा गर्नुभयाे ।

तस्बिर :- खिल बहादुर श्रेष्ठ