बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

गाेठगाउँ सराेकार समाज द्वारा 4GPA ल्याई उत्तीर्ण हुने थापा र श्रेष्ठलाई सम्मान ।

आईतवार ११ श्रावण, २०८२ डि बि श्रेष्ठ , 1724


गाेठगाउँ सराेकार समाज द्वारा 4GPA ल्याई उत्तीर्ण हुने थापा र श्रेष्ठलाई सम्मान ।

साउन ११ काठमाडौं , गाेठगाउँ सराेकार समाजले माध्यामिक शिक्षा परिक्षा ( SEE) २०८१ मा कुलेश्वर आवास माध्यमिक विद्यालय काठमाडौं बाट 4GPA ल्याई उत्तीर्ण हुने रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँका पल्पसा थापा र महेन्द्राेदय माध्यमिक विद्यालय मन्थलीबाट 4GPA ल्याई उत्तीर्ण हुने रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. २ कठजाेरका सफिना श्रेष्ठलाई सम्मान गरेकाे छ ।

  समाजका अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षता , सचिव मीन बहादुर श्रेष्ठ ( बिष्णु) काे सञ्चालन ,समाजका आजीवन सदस्य तथा अधिवक्ता याम प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा सचिव तथा अर्थ सवाल साप्ताहिकका कार्याकारी सम्पादक / प्रकाशक रमेशकुमार बाेहाेरा , क्यान महासंघका केन्दिय सदस्य दिनेशराज कार्की ,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ लगायत गाेठगाउँ सराेकार समाजकाे आजीवन सदस्यहरूकाे उपस्थिति रहेकाे भेलामा थापा र श्रेष्ठलाई सम्मान गर्नुकाे साथै संस्थाका आजीवन सदस्य सुमन श्रेष्ठको धर्मपत्नी मिना श्रेष्ठको लागि आजीवन सदस्य छत्र बहादुर श्रेष्ठ ( रविन ) लगायत सहयाेगी व्यक्तिहरूकाे पहलमा संकलित आर्थिक सहयाेग रू १ ८४९३८।-  ( एक लाख चाैरासी हजार अड्तिस रूपैया) संस्थाका अध्यक्ष ,प्रमुख अतिथि,अतिथिहरूले बिरामीको श्रीमान सुमन श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।

  आजीवन सदस्य भेलामा उपस्थिति आजीवन सदस्यहरूले गाेठगाउँ सराेकार समाजले धेरै राम्राे सामाजिक काम गर्दै आहिरहेकाे र यस कार्यलाई निरन्तरता दिदै समग्र गाेठगाउँ - गाेठपानीलाई समेट्ने गरि आजीवन सदस्य विस्तार गर्नुकाे साथै गाेठगाउँकाे हरेक गतिविधिमा सराेकार राख्न सुझाव दिएकाे थियाे ।

तस्बिर :- खिल बहादुर श्रेष्ठ ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु