सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

नेपाल सरकार द्वारा साउन १६ लाई राष्ट्रिय कोदो दिवसकाे घाेषणा ।

शुक्रबार १६ श्रावण, २०८२ Bichar Batika 1431


नेपाल सरकार द्वारा साउन १६ लाई राष्ट्रिय कोदो दिवसकाे घाेषणा ।

साउन १६ काठमाडौं , नेपाल सरकारले काेदाेजन्य खाद्य काे आयत राेक्न उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा पहिलाे पटक 'कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित साउन १६ लाई राष्ट्रिय कोदो  दिवसको घाेषणा गरे सगै आज प्रथम राष्ट्रिय काेदाे दिवस मनाईकाे छ ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले प्रथम कोदो दिवसका लागि ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मुल नारा तय गरि कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि नेपाल सरकारले याे दिवस मनाउन तय गरिएको  बताएको बताउनु भयाे ।

स्वास्थ्यका दृष्टिकोणबाट कोदोका परिकार पचाउन सहज मानिन्छ। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ। कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत मानिन्छ भने तौल घटाउनका लागि समेत कोदो उपयुक्त परिकार रुपमा लिइन्छ।
इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावादको तथ्यपत्रअनुसार 
काेदाेमा प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख मानिन्छ,विभिन्न अध्ययन अनुसार कोदोमा चामल र मकैभन्दा ३५ गुणा तथा गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ। यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ।
काेदाेकाे  उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ  श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ, पार्किन्सन्स रोग, मेटाबोलिक सिन्ड्रोम लगायतका थुप्रै डिजेनरेटिभ  रोगविरुद्घ सुरक्षा प्रदान गर्छ ।
पछिल्लो समय कोदोको परिकार सहरी क्षेत्रमा समेत लोकप्रिय बन्दै गएको छ। ग्रामिण भेगमा पहिलेपहिले बढी प्रचलनमा रहेको कोदो अहिले सहरी क्षेत्रमा बिस्कुट, मम:, सुप, ढिडो, रोटी, सेलरोटी लगायतका स्मार्ट खानाका परिकारका रुपमा प्रयोगमा आउन थालेको छ।
देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए। 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु