मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

जेनजी आन्दोलनका घाइतेहरूलाई रगतको अभाव नहाेस भन्ने उद्धेश्यका साथ फास्टफुड एसाेसिएशन द्वारा बृहत् रक्तदान कार्यक्रम ।

बुधबार १ आश्विन, २०८२ Bichar Batika 1653


जेनजी आन्दोलनका घाइतेहरूलाई रगतको अभाव नहाेस भन्ने उद्धेश्यका साथ फास्टफुड एसाेसिएशन द्वारा  बृहत् रक्तदान कार्यक्रम ।

असोज १ काठमाडौं ,गत भदाै २३ गते जेनजीहरूकाे आन्दोलनमा घाइतेहरूकाे लागि रगतको अभाव नहाेस भन्ने उद्धेश्यले फास्टफुड  एसोसिएसन नेपालद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाकाे प्रविधिक सहयाेग तथा ब्लड डाेनर्स एसोसिएशन नेपाल, ( ब्ललाेदान) लितपुर जिल्ला शाखा तथा विभिन्न सहयोगी संस्था र व्यक्तिहरूको प्रत्यक्ष योगदान रहेकाे रक्तदान कार्यक्रममा ७४ जना रक्तदाताले  रक्तदान गर्नु भएकाे फास्टफुड एसाेसिएशनका महासचिव राकेश श्रेष्ठले जानकारी गराउनु भयाे ।

कार्यक्रममा पूर्व अध्यक्ष ,सल्लाहकार सदस्यहरू, व्यावसायिक सदस्यहरू , जिल्ला समितिहरू, फास्ट–फ्यानका सदस्यहरू सहभागी भएकाे थियाे ।
फास्टफुट एसाेसिएनका अध्यक्ष हाेमराज श्रेष्ठको अध्यक्षता तथा एसाेसिएशनका सचिव तथा रक्तदान कार्यक्रमका संयाेजक भिम प्रसाद आरणकाे  संयोजकत्वमा आयाेजना गरिएकाे कार्यक्रम छाेटाे समयकाे तयारीमा पनि उल्लेखनीय उपस्थिति रहेकाे जानकारी गराउनु हुँदै कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयाेग गर्नु हुने सम्पूर्ण महानुभावहरू लाई महासचिव श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु