बिहीबार १६ आश्विन, २०८२
असाेज १६ काठमाडौं, २०८२ सालको बडा-दसैँ (विजया दशमी) को टीका ग्रहणका लागि उत्तम साइत असाेज १६ गते बिहिवार बिहान ठिक ११.५३ बजे रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ।
हरेक देशको स्थानीय पञ्चाङ्ग अनुसार एकै प्रकृतिको मुहूर्त फरक समयमा हुने गर्छ। नेपालमा शुभ-मुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिका वा अन्य देशहरूमा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसै कारण स्थानीय पञ्चाङ्गबाट मात्र शुभ-मुहूर्तको ज्ञान लिन सकिन्छ । नेपालको पञ्चाङ्ग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ।
विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चाङ्ग अनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयङ्गम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८२ सालको बडा दसैँमा विभिन्न देशका लागि टीका ग्रहण गर्ने शुभ साइत निर्धारण गरेको छ। भाेली विजया दशमीका दिन बिहान ठिक ९.२३ बजे देवि विशर्जन गर्न साईत रहेकाे छ पूजा विसर्जन गरी देवीको प्रसाद स्वरूप टीका र जमरा लगाउने उत्तम साईत बिहान ११.५३ बजेमात्र रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ,टीका जमरा लगायदा लगाईदिने व्यक्ति पश्चिमी दिशा र लगाई माग्ने व्यक्ति पूर्व दिशा फर्किएर लगाउदा अति उत्तम हुने समेत समितिले जनाएकाे छ ।
बडा दशैकाे हार्दिक शुभकामना ,
