शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

हरेक बिहान  खाली पेटमा कागती पानी पिउँनुको फाइदा

शनिबार २३ भाद्र, २०८० विचारवाटिका 1471


हरेक बिहान  खाली पेटमा कागती पानी पिउँनुको फाइदा

भदौ २३ काठमाडौँ,  मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिने गर्दछ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक हुन्छ । जस्तैः कागती पानीले हाम्रो शरिरमा पार्ने फरक ।

 गर्मीमा शरिर शितल गराउँन धेरै मानिसले कागती पानी पिउँने गर्छन्, तर कमै मात्र मानिसले बिहान खाली पेटमा कागती पानी पिउँछन् । तपाईले कागती पानी हरेक बिहान पिउँदा हुने फाइदा थाहा पाउँनु भयो भने छक्क पर्नुहुनेछ ।

 खाली पेटमा कागतीपानी पिउनुको फाइदाः 
भिटामिन सीः शरीरका लागि भिटामिन सी असाध्यै जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।

तौल कम गर्नः मोटोपनाबाट धेरै मानिसहरु चिन्तित हुन्छन् । यदि तपाँईपनि मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेटमा पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ । मुखको दुर्गन्ध हट्छः कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विष रहित बनाउन यसले मद्दत गर्छ । जोर्नीको पीडाबाट राहतः जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् ।

पाचन क्रिया राम्रोः बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भाृक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ । छालामा निखारः कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।

कागतीमा त्यस्तो के हुन्छ र फाइदा गर्छ ?
 कागतीलाई  पोटासियम, म्याग्नेसियम, क्याल्सियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मान्निछ । कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु