शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

सहकारी ठगी गर्नेहरूलाई कुनै हालतमा छाड्नु हुदैन :- प्रधानमन्त्री कार्की ।

बिहीबार ३० आश्विन, २०८२ Bichar Batika 1326


सहकारी ठगी गर्नेहरूलाई कुनै हालतमा छाड्नु हुदैन  :- प्रधानमन्त्री कार्की ।

असाेज ३० काठमाडौं, सहकारी  पीडितहरूको समस्या समाधान गर्नकाे लागि बाेलाईका छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गर्नेहरूलाई कुनैपनि हालतमा छाड्न नहुने बताउनु भएकाे छ ।
 आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा सहकारी  मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ,  संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारीहरू बिच सिंहदरबारमा भएकाे  छलफलमा प्रधानमन्त्री कार्कीले  सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताउनु भएकाे थियाे ।
 प्रधानमन्त्री कार्कीले कानुनमा कुनै समस्या छ भने कानुन संशोधन गरेर भएपनि सहकारी ठगेर हिँड्नेहरूलाई नछाडौँ, पीडितहरूलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ ,सरकारको ध्यान सहकारीको समस्या समाधानमा पनि रहेको कुरा छलफलमा बताउनु भयाे ।
 सहकारीबाट ठगेकाे पैसाले सुनका घडी लगाएर महँगा गाडी चढेर हिडिरहेकाे छ तिनिहरूलाई तेतिकै छाड्न मिल्दैन याे काम अहिले नै हामीले नै गर्नुपर्छ ,
यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारीलाई कारबाही गर्नु सगै  सहकारी समस्या समाधान गर्नु पनि रहेकाेले  सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि सहकारी पीडितको बचत फिर्ता गर्न सबै मिलेर लाग्न समेत प्रधानमन्त्री कार्कीले सुझाव दिनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु