आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

मिसेस नेपाल वर्ल्ड २०२५ काे फाइनलकाे तयारी गर्दै रामेछापको चेली चाैहान ।

बुधबार १९ कार्तिक, २०८२ Bichar Batika 3203


मिसेस नेपाल वर्ल्ड २०२५ काे फाइनलकाे तयारी गर्दै रामेछापको चेली चाैहान ।

कार्तिक १९ काठमाडौं ,  मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतियोगीमध्येका एक हुन  बिध्या चौहान आज हजारौँ नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्।
 रामेछापको विकट गाउँ फूलासिमा जन्मेकी चाैहान नेपालको  सुदूरपश्चिमको बुहारी हुन।
नेपालमा नै केही गर्नुपर्छ भन्ने उनी शिक्षाको हिसाबले एक नर्स भएता पनि पारिवारिक व्यवसायको रूपमा भवानि ग्रुपको सञ्चालकको रूपमा आज ३० वर्षको उमेरमानै नेपालमै ३००० युवाहरूलाई रोजगारि सृजना गरी सफल महिला व्यवसायिको रूपमा परिचित छिन ।

परिवार, व्यवसाय र सामाजिक कार्यबीच सन्तुलन कायम गर्दै उनले प्रमाणित गरेकी छन् कि "महिलाको शक्ति केवल परिवारमा मात्रै  सीमित छैन, महिलाले चाहे जुनसुकै क्षेत्रमा पनि सफलता हाँसिल गर्न सक्छन।"
मिसेस नेपाल वल्र्ड २०२५ को ग्रान्ड फिनाले यही कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा हुँदैछ ,यो प्रतियोगितामा सहभागी हुन श्रीमान ई.भवानी ओझा, परिवार र आफन्तहरुको ठुलो हौसला र साथ रहेको चौहानले बताईन्, मिसेस नेपाल वल्र्ड २०२५ मा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको पनि उनले जानकारी गराईन् । 
हाल उनी प्रतियोगिताको फाईनलको तयारीमा जुटिरहेकी छिन् हार जितलाई सामान्य प्रकृया मान्ने चाैहानले कार्यक्रममा भाग लिएर एउटा फरक खालको अनुभव र नयाँ कुराको सिकाई भएको बताउँछिन।




मतहरू

LB chauhan

Great


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु