शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

नेकपा ( एमाले ) रामेछाप द्वारा आयाेजीत कार्तिक २९ गते हुन गहिरहेकाे जागरण सभाकाे तयारी बैठक सम्पन्न ।

बिहीबार २७ कार्तिक, २०८२ Bichar Batika 1563


नेकपा ( एमाले ) रामेछाप द्वारा आयाेजीत  कार्तिक २९ गते हुन गहिरहेकाे  जागरण सभाकाे तयारी बैठक सम्पन्न ।

कार्तिक २७ रामेछाप ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको कात्तिक २९ गते हुनगहिरहेकाे जागरण सभा  कार्यक्रमका लागि तयारी बैठक सम्पन्न भएको छ।

पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा पार्टी पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज  कमल प्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा तथा पार्टी केन्द्रीय सदस्य  गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य  शान्ति प्रसाद पौडेल, प्रदेश कमिटी सदस्यहरू  रत्न प्रसाद गौतम,  आनन्द कुमार श्रेष्ठ,  माया कार्की,  प्रेम ब. तामाङ   लब श्रेष्ठ,  दिपशिखा दाहाल ,गोपाल श्रेष्ठ,  हर्कमाया माझी लगायत नेताहरूको विशेष आतिथ्यता
प्रदेश सल्लाहकार परिषद् सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरू, पालिका कमिटी अध्यक्षलगाय पदाधिकारीहरु , वडाकमिटी अध्यक्षहरु ,अगुवा नेताहरू, जनसङ्गठन अध्यक्षहरू तथा वडा पार्टी कमिटीका नेताहरूको समेत  तयारी बैठकमा  उल्लेखनीय सहभागिता रहेकाे जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी गराउनु भयाे ।

तयारी बैठकले २०८२ कात्तिक २९ गते हुने जिल्ला स्तरीय जागरण सभालाई  सफल पार्नका लागि जिल्लाभित्रका सबै कमिटी , जनसंगठन सहित नेता–कार्यकर्ताहरूलाई परिचालन गरी व्यापक जनसहभागिता सुनिश्चित गर्ने निर्णय गर्नुकाे साथै जनपरिचालन सफल बनाउन व्यवस्थापन तथा प्रचार कार्यलाई व्यवस्थित ढङ्गले अघि बढाउने निर्णय समेत गरिएको श्रेष्ठले बताउनु भयाे ।

श्रेष्ठको  अनुसार कार्यक्रम व्यवस्थापन तथा स्वयम्सेवक परिचालन संयोजकको जिम्मेवारी जिल्ला पार्टी उपसचिव  मिलन कुमार घिसिङको नेतृत्वमा रहने निर्णय गरिएकाे छ भने  उक्त संयोजनमा पार्टी नेतृ–नेता तथा जनसङ्गठनका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।

त्यस्तै, प्रचार–प्रसार व्यवस्थापन संयोजकको नेतृत्व प्रचार विभाग प्रमुख  राकेश श्रेष्ठको नेतृत्वमा प्रेस चौतारी नेपाल रामेछाप र प्रचारसँग सम्बन्धित नेताहरूले ब्यस्थित गर्ने गरी बृहत् जनप्रदर्शनको तयारी पूरा गर्ने जिम्मेवारी ब्याबस्थापन गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु