सोमबार १ मंसिर, २०८२
मंसिर १ काठमाडौं , नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै बिजेता बन्न सफल भएकाे छ ।
टीयु क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाडौं गाेर्खाजले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियाे ।
काठमाडौं गाेर्खाजका बेन चार्ल्सवर्थले ४६ रन आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रन बनाकाे थियाे ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो ।