सोमबार ११ जेष्ठ, २०८३ (Monday May 25, 2026)

जनकपुर–चितवन र पोखरा–कर्णाली एनपिएलकाे दाेस्राे संस्करणमा भिडन्त गर्दै ।

सोमबार १५ मंसिर, २०८२ Bichar Batika 1247


जनकपुर–चितवन र पोखरा–कर्णाली एनपिएलकाे दाेस्राे संस्करणमा भिडन्त गर्दै ।

मंसिर १५ काठमाडौं , काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  भोलि मङ्गलबार जनकपुर–चितवन र पोखरा–कर्णाली बिच भिडन्त हुने भएकाे छ।
 त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पहिलाे खेल बिहान ११ः४५ बजे साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज बिच प्रतिस्पर्धा  हुनेछ भने दाेस्राे खेल  अपरान्ह ४ बजे  पोखरा एभेन्जर्स र कर्णाली याक्स बिच प्रतिस्पर्धा  हुनेछ।

जनकपुर बोल्ट्स र चितवन राइनोज बिचकाे प्रतिस्पर्धामा चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ र चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ , पोखरा र कर्णाली बीचकाे प्रतिस्पर्धामा दुबै टोलीकाे लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण मानिएकाे छ, चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ  भने  कर्णालीका लागि यो खेल गर या मरको अवस्थामा आईपरेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु