शनिबार ९ जेष्ठ, २०८३
जेष्ठ ९ काठमाडौं ,त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानलाई ३–० ले पराजित गर्दै नेपालले पहिलो जित हात पार्न सफल भएकाे छ ।
नेपालले कीर्गिस्तानलाई पहिलाे सेट २५–१८ दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–१३ ले जितेको थियाे ,जितसंगै समूह ए मा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने ५ अंकसहित शीर्ष स्थानमा रहेको भारत सेमिफाइनल प्रवेश गरेको छ । त्यस्तै शनिबार नै भएको खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ ,भारतले माल्दिभ्सलाई २५–९,२५–१४ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियाे ।
आजै सम्पन्न भएकाे अर्को खेलमा कजाकस्तानले श्रीलंकामाथि २५–९,२५–१८ र २५–१५ ले बिजयी भएको थियाे , प्रतियोगीता अन्तर्गत आइतबार नेपालले माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाएका छन् , दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ,फाइनल खेल जेठ १५ गते हुने नेपाल भलिबल संघले जनाएको छ ।