शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

सराेकार समाजले टाेल-टाेलमा पुगेर गरे १०४ जना जेष्ठ नागरिकहरू लाई न्यानाे कपडा वितरण ।

सोमबार २१ पुष, २०८२ डि बि श्रेष्ठ , 1819


सराेकार समाजले टाेल-टाेलमा पुगेर गरे १०४ जना जेष्ठ नागरिकहरू लाई न्यानाे कपडा वितरण ।

पुष २१ रामेछाप , गाेठगाउँ सराेकार समाजकाे साताैं स्थापना दिवसको अवसरमा गाेठगाउँ सराेकार समाजले ७५ वर्ष भन्दा माथिकाे गाेठगाउँ - गाेठपानीमै बस्नुहुने १०४ जना जेष्ठ नागरिकहरू लाई टाेल-टाेल ,घर-घरमा पुगि पहिलो चरणकाे न्यानाे कपडा वितरण कार्य सम्पन्न भएकाे छ ।

रामेछाप नगरपालिका वडा नं. १ वडा कार्यालय गाेठगाउँकाे समन्वयमा साविकको एक नम्बर वडा देखि साविककाे नाैं नम्बर वडा सम्मकाे एक सय चार जनालाई वडाका कार्यभार वडा अध्यक्ष सन्जित कार्की ,वडा सदस्य शिर कुमारी श्रेष्ठ , गाेठगाउँ सराेकार समाजकाे अध्यक्ष संजय कुमार थापा , उपाध्यक्ष देव कुमारी श्रेष्ठ , सहसचिव कुमार श्रेष्ठ , आजीवन तथा सल्लाहकार सदस्य दिलिप श्रेष्ठ  , सञ्चालक समिति सदस्य तिलमाया श्रेष्ठ ,आजीवन सदस्यहरू सबिन श्रेष्ठ , विनाेद बुढाथोकी ,रमेशकुमार बस्नेत लगायतको टाेली टाेल-टाेलमा पुगी न्यानाे कपडा वितरण गरेकाे र नपुग २५ जना जेष्ठ नागरिकहरू लाई दाेस्राे चरणमा  दिनमा वितरण गर्ने तयारी भैरहेकाे संस्थाका अध्यक्ष संजय कुमार थापाले जानकारी गराउनु भयाे ।

गाेठगाउँ सराेकार समाज द्वारा जेष्ठ नागरिकहरू वितरण गरियकाे न्यानाे कपडा कार्यकाे लागि संस्थाका आजीवन सदस्य सहयाेगी मनकाे धनि सबिन श्रेष्ठ रू ३००००।- ( तीस हजार) आजीवन सदस्यहरू रविन श्रेष्ठले रू .५०००।-(पाँच हजार), सन्तलाल श्रेष्ठले रू.५०००।- (पाँच हजार ), संस्थाका अध्यक्ष संजय कुमार थापाले रू.४०००।-( चार हजार) , आजीवन तथा सल्लाहकार सदस्य दिलिप श्रेष्ठले रू.४०००।- (चार हजार )उपाध्यक्ष देव कुमार श्रेष्ठले रू.३०००।- (तीन हजार) , सचिव मीन बहादुर श्रेष्ठले रू.३०००।- (तीन हजार) , सहसचिव कुमार श्रेष्ठले रू.३०००।- (तीन हजार) , आजीवन सदस्य नारायण श्रेष्ठले रू.२४००।-( दुई हजार चार सय)आजीवन सदस्य तथा जनप्रतिनिधि शिर कुमारी श्रेष्ठ ( सिर्जना) ले रू.२०००।- (दुई हजार) आजीवन सदस्य रमेशकुमार बस्नेतले रू .२०००।- ( दुई हजार) आजीवन  सदस्य थिर बहादुर श्रेष्ठले रू.१५००।-(एक हजार पाँच सय), आजीवन सदस्य बाबुराम श्रेष्ठले रू.१५००।- (एक जार पाँच सय) आजीवन तथा सल्लाहकार सदस्य खिल बहादुर श्रेष्ठले रू. ११००।- ( एक हजार एक सय) आजीवन सदस्य यसाेदा श्रेष्ठले रू . ११००।- (एक हजार एक सय) आजीवन सदस्य टेक बहादुर श्रेष्ठ रू. ५००।-(पाच सय)आर्थिक सहयाेग गराेकाेर अझै केही सहयाेगी मनहरूले आर्थिक सहयाेग गर्ने वचन दिएकाे  आजीवन तथा सल्लाहकार सदस्य दिल बहादुर श्रेष्ठले जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु