शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा लामा मनाेनित ।

सोमबार १२ माघ, २०८२ डि बि श्रेष्ठ , 1566


बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा लामा मनाेनित ।

माघ १२ काठमाडौं , नेकपा (एमाले ) बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सराेज माेहन लामा मनाेनित हुनु भएकाे छ ।
बागमती प्रदेश सम्पर्क कमिटीको आज बसेकाे विस्तारित बैठकले अध्यक्षमा लामा सगै उपाध्यक्षमा अमृत खड्का , उपसचिवमा राजेन्द्र श्रेष्ठ र साेभा तिमिल्सिना सर्व समहतले मनाेनित हुनु भएकाे छ ।

बागमती प्रदेश सम्पर्क कमिटीको तत्कालीन उपसचिव सरिता जिरेलले नेकपा ( एमाले) काे११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यपदमा उम्मेदवारी दिए पछि रिक्त रहेकाे उपसचिव पद र केन्द्रीय कमिटीको दाेस्राे सचिवालयमा बैठकले बागमती सम्पर्क कमिटीको अध्यक्ष अशाेक कुमार ठकुरीलाई सम्पर्क विशेष संगठन कमिटीकाे अध्यक्षमा मनाेनित गरेपछि बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष पद रिक्त रहेकाे थियाे ।

बागमती प्रदेश सम्पर्क कमिटीको निवर्तमान अध्यक्ष अशाेक कुमार ठकुरीको अध्यक्षता, सचिव धन बहादुर पुलामीकाे सञ्चालन , केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज श्याम कुमार बस्नेतको प्रमुख आतिथ्यतामा बसेकाे विस्तारित बैठकले  रिक्त रहेकाे अध्यक्ष पदमा उपाध्यक्ष लामा, रिक्त रहेकाे उपाध्यक्ष पदमा उपसचिव खड्का र रिक्त रहेकाे उपसचिव पदमा सचिवालय सदस्यहरू श्रेष्ठ र तिमिल्सिनालाई मनाेतित गरिएकाे हाे।

विस्तारित बैठकमा केन्द्रीय सदस्यहरू बस्नेत लगाय कल्पना थापा , थानेश्वर बस्याल , सम्पर्क विशेष संगठन कमिटीको पदाधिकारी तथा सदस्यहरू बागमती प्रदेश सम्पर्क कमिटीको पदाधिकारी तथा सदस्यहरूकाे साथै बागमती प्रदेश अन्तर्गतका जिल्ला सम्पर्क कमिटीको पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु