बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

फागुन २१ प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक मतपत्र तयारी प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु ।

मंगलवार १३ माघ, २०८२ Bichar Batika 1239


फागुन २१ प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक मतपत्र तयारी प्रत्यक्षतर्फको मतपत्र छाप्न  सुरु ।

माघ १३काठमााडौं, आगामी फागुन २१ गते हुनगहिरहेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनकाे लागि समानुपातिक मतपत्र छपाइको काम सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको र
समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न  सुरु भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी गराउनु भयाे ।
 केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको र  मतदाता सचेतनाकाे लागि प्रयोग गर्न यसअघिनै  १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको समेत पाैडेलले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु