शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

विचार वाटिकाकाे पहलमा क्यान्सर पीडित कार्कीलाई आर्थिक सहयाेग रकम हस्तान्तरण ।

बिहीबार १२ चैत्र, २०८२ डि बि श्रेष्ठ , 1378


विचार वाटिकाकाे पहलमा क्यान्सर पीडित कार्कीलाई आर्थिक सहयाेग रकम हस्तान्तरण ।

चैत १२ काठमाडौं , रामेछाप जिल्ला  लिखु तामाकोसी -२ सैपु निवासी क्यान्सर पीडित जानुका कार्कीलाई विचार वाटिका मिडिया प्रा.लि.काे पहलमा संकलित आर्थिक सहयाेग रकम जम्मा रू ५८७८५ ।-(अन्ठाउन्न हजार सात सय पचासी रूपैयाँ ) आज हस्तान्तरण गरिएको  छ ।

कार्कीको छाेरी गिता बिष्ट सहयाेग दाताहरू सन्ताेष थापा , रमेश खड्का , विचार वाटिका मिडिया प्रा.लि.का सञ्चालक मीन बहादुर श्रेष्ठ ( बिष्णु) काे उपस्थितिमा विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ( दिलिप)ले कार्कीलाई सहयाेग रकम हस्तान्तरण गर्नु भएकाे थियाे ।

कार्की विगत लामाे समयदेखिनै श्रीमाले छाेडेर दाेस्राे बिहेगरि छुट्टै बसेकाे छाेरा नभएकाेले छाेरीकाे साहारामा बस्दै आएकाे थियाे , केही सामय पहिलेदेखिनै कार्काेकाे फाेक्साे र सानाे आन्द्रामा क्यान्सर भएकाेले छाेरी गिता बिष्टले ज्याला मजदुरी गरि आमाकाे उपचार गराउै आहिरहेकाे र छाेरीकाे पनि आर्थिक अबस्था नाजुक रहेकाेले सन्ताेष थापाकाे अनुराेधमा विचार वाटिकाले आर्थिक सहयाेग अभियान सञ्चालन गरेकाे थियाे ,यस अभियानमा नेपालबाट सन्ताेष थापा , रमेश खड्का, हाेम बहादुर पाैडेल , जापान बाट सराेज थापा , अनिल खरेल, बहराइन बाट आकाश श्रेष्ठ , लगायत ४७ जना सहयाेगदाताहरू लाई मनैदेखि धन्यवाद व्यक्त गर्दै , कार्कीको अबस्था सारै नाजुक रहेकाेले कार्कीको नाति कैलाश बिष्टकाे लक्ष्मी सनराज बैंककाे खाता नम्बर 01020135473 मा सकेकाे आर्थिक सहयाेग गरिदिन समेत विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष श्रेष्ठले हार्दिक अनुराेध गर्नु भएकाे छ ।
 


      आर्थिक सहयाेग दाताहरू ..

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु