आईतवार २८ भाद्र, २०८३ (Sunday September 13, 2026)

विराटनगर व्यापार संघकाे १३ औं अधिवेशन बाट अध्यक्षमा सर्वसम्मत अग्रवाल निर्वाचित ।

बिहीबार १७ बैशाख, २०८३ Bichar Batika 1293


विराटनगर व्यापार संघकाे १३ औं अधिवेशन बाट अध्यक्षमा सर्वसम्मत अग्रवाल निर्वाचित  ।

बैशाख १७ मोरङ ,  विराट व्यापार संघको केन्द्रीय कार्यालय, विराटनगरमा बुधबार सम्पन्न २६औँ साधारणसभा तथा १३औँ अधिवेशनबाट अध्यक्षमा प्रमाेद कुमार  अग्रवाल( जिन्दल)  सर्वसम्मत  निर्वाचित भएकाे छ ।
 संघको निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेर संघमा काम गर्दै आएका अग्रवाल व्यवसायिक क्षेत्रमा सक्रिय तथा संगठनभित्र अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्,१३ औं अधिवेशनबाट अध्यक्ष अग्रवाल सगै  वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष) , उपाध्यक्षहरूमा प्रविण अग्रवाल (कागलीवाला), मनोहर कार्की, किरण ढुंगेल र सरस्वती दाहाल ओझा, महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरुङ तथा सह–कोषाध्यक्षमा अशोक पौदार,  कार्यसमिति सदस्यहरूमा शिवरतन शर्मा जोशी, विपिन खतिवडा, महेन्द्र खेतान, रमा श्रेष्ठ, अनिष तोदी, अभिषेक गौतम, कुमारी सोनिया आचार्य, सुस्मिता थापा रिजाल, प्रेम पारख, सन्तोष दाहाल, कमल अग्रवाल र मो अमजल हुसैन लगायत सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु