मंगलवार ३० असार, २०८३ (Tuesday July 14, 2026)

तारकेश्वरमा श्रीमानले गरे आफ्नै श्रीमतीको रड प्रहार गरि हत्या ।

शनिबार २३ जेष्ठ, २०८३ Bichar Batika 1257


तारकेश्वरमा श्रीमानले गरे आफ्नै श्रीमतीको रड प्रहार गरि हत्या ।

जेष्ठ २३ काठमाडौँ , तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा नेपाली  ब्रो नामले चिनिने टिकटकर कुमार थापा मगरले आफ्नाे पत्नी ईश्वरी भुजेलको टाउकोमा रड प्रहार गरी हत्या गरेकाे छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मगरले  हिजो राति १०ः१० बजे स्कुटीमा सवार भुजेलकाे टाउकोमा रड प्रहार गरेका थिय ,घटना लगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पुर्याएकाे भुजेलकाे उपचारका क्रममा निधन भएको हो ।
‘नेपाली ब्रो’ भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्दछन् , भुजेल सैनिक सेवामा कार्यरत  थिइन् ,प्रत्यक्षदर्शीले दिएकाे जानकारी अनुसार उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी थियो , शुक्रबार बेलुकी भुजेल कामबाट फर्किने समय मिलाएर मगरले बाटो ढुकेर बसेका थिए ,  भुजेल घर अगाडि पुग्नासाथ रडले हानेर घाइते बनाएका थिए ।
 प्रत्यक्षदर्शीले तत्कालै स्थानीय तारकेश्वर अस्पतालमा लगेका थिए , अत्यधिक रक्तस्राव भएपछि थप उपचारका निम्ति शिक्षण अस्पताल लगिएको थियाे त्यहाँको इमर्जेन्सी वार्डमा उपचारका क्रममा चिकित्सकले भुजेललाई मृत घोषित गरेका हुन । 
मगरलाई हिजाे शुक्रबार रातिनै बालाजुबाट पक्राउ गरिएको एसपी भट्टराईले बताएका छन् ,उनी जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु