मंगलवार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)

अर्जेन्टिनालाई पराजित गर्दै १६ वर्ष पछि स्पेनले फिफा विश्वकप फुटबलकाे दाेस्राे पटक उपाधि जित्न सफल ।

सोमबार ४ श्रावण, २०८३ Bichar Batika 1973


अर्जेन्टिनालाई पराजित गर्दै १६ वर्ष पछि स्पेनले फिफा विश्वकप फुटबलकाे दाेस्राे पटक उपाधि जित्न सफल ।

साउन ४ काठमाडौं , अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० पराजित गर्दै १६ वर्ष पछि स्पेनले फिफा विश्वकप फुटबलकाे  दाेस्राे पटक उपाधि जित्न सफल भएकाे छ।
फिफा विश्वकपा स्पेनले  २०१० मा पहिलो उपाधि जितेपछि दोस्रो पटक फाइनल पुगेको स्पेनले दोस्रो फाइनलमा पनि उपाधि जित्न सफल भएकाे छ ,खेलको १०६ औं मिनेटमा फेरान टोरेसले गरेको एकमात्र गोल स्पेनकाे लागि  निर्णायक बन्यो निर्धारित समयमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनाले अन्तत अतिरिक्त समयको दोस्रो हाफमा गोल खान पुगेको थियो, खेल अवधिभर पूर्ण दबाबमा परेको अर्जेन्टिनाले १ गोल खाएपछि बललाई  नियन्त्रणमा लिएपनि गाेल  फर्काउन भने सकेन ।

फिफा विश्वकप २०२६ फुटबलमा च्याम्पियन बनेको स्पेनका खेलाडीले  व्यक्तिगत स्पर्धामा पनि धेरै उपाधि जित्न सफल भएकाे छ,रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल प्राप्त गर्दा फिफा योङ प्लेयर पाउ कुवार्सीले जित्न सफल भएकाे छ,भने गोल्डेन ग्लोब्स प्रतियोगिताभरमा १ गोल मात्र खाएका उनाइ सिमोनले जित्न सफल भएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु