बुधबार १३ श्रावण, २०८३
साउन १३ काठमाडौं , नेपाली कांग्रेस कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।
पूर्व उपसभापति समेत रहेका वरिष्ठ नेता श्रेष्ठको ८३ वर्षकाे उमेरमा हिजाे ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
कांग्रेसले जारी गरेको शोक प्रस्तावमा श्रेष्ठलाई लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढीकरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज नेताका रूपमा स्मरण गर्दै वरिष्ठ नेता श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ,केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १३–१५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।