आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

साउन १५ मा खिर खाने प्रचलन, परम्परा, इतिहास र सांस्कृतिक महत्व ।

शुक्रबार १५ श्रावण, २०८३ Bichar Batika 1302


साउन १५ मा खिर खाने प्रचलन, परम्परा, इतिहास र सांस्कृतिक महत्व ।

साउन १५ काठमाडौं ,नेपालमा हरेक वर्ष साउन १५ गते खिर खाएर   विशेष उत्साहका साथ मनाइन्छ परम्परा छ, घर–घरमा दूध, चामल, चिनी, घ्यू, नरिवल, किसमिस, काजु, बदाम लगायतका सामग्री मिसाएर खिर पकाइन्छ र परिवारका सदस्य तथा आफन्तसँग बसेर खाने चलन छ। 
यद्यपि यो परम्परा कुनै सरकारी निर्णय वा धार्मिक ग्रन्थले तोकेको पर्व भने होइन, नेपाली समाजमा लामो समयदेखि विकसित भएको सांस्कृतिक परम्परा हो,इतिहासकारहरूका अनुसार साउन १५ मा खिर खाने चलन कहिलेदेखि सुरु भयो भन्ने यकिन लिखित प्रमाण त उपलब्ध छैन,तर यो प्रचलन नेपालमा धेरै दशकदेखि, सम्भवतः सय वर्षभन्दा बढी समयदेखि विभिन्न समुदायमा प्रचलित रहेको जानकार हरू बताउनु हुन्छ ।
पहिले ग्रामीण क्षेत्रमा असार साउन महिनामा हरियाे घाँस धेरै खान पाउने भएकाेले  गाई–भैंसीले प्रशस्त दूध दिने गर्दछ, असारभरि खेतमा धान रोपाइँको कठिन श्रम गरेपछि किसानहरू साउन १५ का दिन परिवारसँग पौष्टिक भोजनका रूपमा खिर पकाएर खाने गर्थे,यही चलन विस्तारै देशभर फैलँदै अहिले सांस्कृतिक परम्पराका रूपमा स्थापित भएको अनुमान गर्न सकिन्छ ।
धार्मिक दृष्टिकोण अनुसार पनि साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ, धेरै भक्तजन व्रत, पूजा र जलाभिषेक गर्छन्, यद्यपि साउन १५ मा खिर खानैपर्छ भन्ने धार्मिक आदेश कुनै प्रमुख हिन्दू धर्मग्रन्थमा उल्लेख छैन,यो धार्मिकभन्दा बढी सांस्कृतिक र सामाजिक परम्परा हो,पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम र विभिन्न संघ–संस्थाले साउन १५ लाई खिर खाने दिन भनेर व्यापक रूपमा प्रचार–प्रसार गरेपछि यसको लोकप्रियता अझ बढेको छ,अहिले विद्यालय, कार्यालय, होटल तथा विभिन्न संस्थाहरूले समेत सामूहिक रूपमा खिर खुवाउने कार्यक्रम आयोजना गर्न थालेका छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु