आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

मृतक यादवका परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने सरकार पक्षले दिय वचन ।

शनिबार १६ श्रावण, २०८३ Bichar Batika 1117


मृतक  यादवका परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने सरकार पक्षले दिय वचन ।

साउन १६ जनकपुरधाम, सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ।
 बिहीबार राति मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाही गृहमन्त्री सुदन गुरुङ सहितको टाेलि  पुगेर मृतकका परिवारसँग छलफल गर्नुभएपछि सहमति भएको थियाे, सहमतिमा सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया समेत तत्काल अघि बढाउने सरकार पक्षबाट वचन दिएकाे कुरा सार्वजनिक भएकाे छ ।
गृहमन्त्री गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको सहमतिअनुसार मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट तत्काल रू. १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउनुकाे साथै  परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर समेत  प्रदान गरिने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा तथा बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने  दुई पक्ष बिचकाे सहमति पत्रमा उल्लेख गरिएकाे छ ।
सहमतिमा गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने, छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गरिने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गरिने विषय समेत  समावेश गरिएको छ,सरकार र पीडित परिवारबीच भएको यो सहमतिपछि घटनाको न्यायिक प्रक्रिया अघि बढ्ने, पीडित परिवारलाई राहत उपलब्ध हुने तथा प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट मृतकका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेपछि सहमति अनुसार  साउन १५ गते शुक्रबारमृतक गणेश यादवको दाहसंस्कार गरिने उल्लेख गरिएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु