सोमबार १८ श्रावण, २०८३
साउन १८ सिन्धुली , मध्यपहाडी लोकमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित चार जना सवार कार सुनकोसी नदीमा खसेको छ।
रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक फिक्कल-२ नवलपुर सिन्धुलीमा बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित चार जना सवार कार नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी गराउनु भयाे ,घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।