सोमबार १२ पुष, २०७८
पुस १२, नेकपा (एमाले) रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
६४ वटा वडा र विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । यही आउँदो पुस २३ र २४ गते हुने एमालेको आठांै जिल्ला अधिवेशनको तयारीको लागि पार्टी नेताहरुको जिम्मेवारी तोकेको छ ।
एमालेले यही पुस १७ गते वडा कमिटीबाट प्रतिनिधि चयन गर्ने बताएको छ । अधिवेशनको लागि मुल व्यवस्थापन समितिको संयोजकमा जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र राजनीतिक एवं सांगठनिक प्रतिवेदन संयोजक शान्तिप्रसाद पौडेल र सदस्य प्रेम बहादुर तामाङ झम्क कडेल,आनन्द श्रेष्ठ रहेका छन् ।

