आईतवार ७ असार, २०८३ (Sunday June 21, 2026)

रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने

सोमबार १२ पुष, २०७८ विचारवाटिका 2618


रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने


पुस १२, नेकपा (एमाले) रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । 
६४ वटा वडा र विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । यही आउँदो पुस २३ र २४ गते हुने एमालेको आठांै जिल्ला अधिवेशनको तयारीको लागि पार्टी नेताहरुको जिम्मेवारी तोकेको छ ।

एमालेले यही पुस १७ गते वडा कमिटीबाट प्रतिनिधि चयन गर्ने बताएको छ । अधिवेशनको लागि मुल व्यवस्थापन समितिको संयोजकमा जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र राजनीतिक एवं सांगठनिक प्रतिवेदन संयोजक शान्तिप्रसाद पौडेल र सदस्य प्रेम बहादुर तामाङ झम्क कडेल,आनन्द श्रेष्ठ रहेका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु