बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

मगर समुदायको पहिचान जोगाउन एकताबद्ध हुन मुख्यमन्त्री थापा मगरको आग्रह

बुधबार ३१ भाद्र, २०८३ Bichar Batika 1140


मगर समुदायको पहिचान जोगाउन एकताबद्ध हुन मुख्यमन्त्री थापा मगरको आग्रह

भदौ ३१ पाेखरा,बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा मगर समुदायको ऐतिहासिक योगदान रहेको बताउँदै भाषा, संस्कृति र पहिचान संरक्षणका लागि एकताबद्ध हुन आग्रह गरेका छन्।
नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री थापा मगरले  नेपाल एकीकरणदेखि गणतन्त्र स्थापनासम्म मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै मगर समुदायको मौलिक भाषा, कला, संस्कृति र संस्कारमा क्षयीकरण भइरहेको भन्दै  संरक्षण र पुनःउत्थानका लागि संगठित प्रयास आवश्यक रहेको समेत बताउनु भयाे ।
प्रथम सहिद क्याप्टेन लखन थापाको योगदान स्मरण गर्दै मुख्यमन्त्री थापा मगरले राजनीतिक, प्रशासनिक तथा नीति निर्माणका तहमा मगर समुदायको उपस्थिति बढाउनुपर्नेमा जोड दिदै एथरका आधारमा विभाजित हुनुको सट्टा मगर समुदाय एकीकृत भएर आफ्नो भाषा, संस्कृति, कला र पहिचान संरक्षणमा लाग्नु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल मगर संघका पदाधिकारी, पूर्वमन्त्री उत्तम पुन, गण्डकी प्रदेशसभाका पूर्वसदस्य राजीव पहारीलगायतको समेत  उपस्थिति रहेकाे थियो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु