मंगलवार १ असार, २०७८ (Tuesday June 15, 2021)

सुर्खेतमा तरकारी र फलफूलको निर्यात कारोवार तेब्बरले बढ्यो

मंगलवार २७ माघ, २०७७ विचारवाटिका 1420


सुर्खेतमा तरकारी र फलफूलको निर्यात कारोवार तेब्बरले  बढ्यो

 

माघ २७, कर्णाली (सुर्खेत) । चालु आव २०७७ र ७८ को ६ महिनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० रुपैयाँको तरकारी र फलफूलको कारोबार भएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कले बताएको छ ।  

वर्षे तथा हिउँदे तरकारी, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, बेसार, अलैँची, तरकारी बिउ, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोबारलाई पहिलोपटक तथ्याङ्कमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।  

उनले भने, ‘सुर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोवार तेब्बरले भएको देखिन्छ ।’


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु