आईतवार ८ चैत्र, २०७७
चैत ८, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रूपैयाँ दिने घोषणा गरेकोमा जोशीका परिवारले उक्त रकम लिन स्वीकारेका छैनन् ।
मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई बिहिबारको मन्त्रिपरिषद बैठकले सरकारको तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
यसअघि नै जोशीले वीर अस्पतालदेखि विभिन्न ठाउँमा लाखौंको अक्षयकोष स्थापना गरेको उल्लेख गर्दै उनले भने, ‘सरकारले दिने भनेको रकमले औषधि पनि किन्न पुग्दैन ।’
जोशीलाई फागुन १४ मा मस्तिष्कघात भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।