आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

राष्ट्रपति भण्डारीलाई समकक्षीद्वारा विमानस्थल पुगेर स्वागत

सोमबार ९ चैत्र, २०७७ विचारवाटिका 1766


राष्ट्रपति भण्डारीलाई समकक्षीद्वारा विमानस्थल पुगेर स्वागत

चैत ९, काठमाडौं । दुई दिने राजकिय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजधानी ढाका पुग्नु भएको छ । 

बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा राष्ट्रपति भण्डारीलाई स्वागत गरे । बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत राष्ट्रपति भण्डारीको स्वागतमा उपस्थित थिए । त्यसै क्रममा बंगलादेशी सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो ।

सोमबार बिहान राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुग्नु भएको छ ।

नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण भएको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको थिएन ।
 




मतहरू

preeplern

best cialis online

ivermectin cost

Priligy Menarini Prezzo

what is propecia

Achat Levitra En Fr

smocupt

Stromectol

appenderb

Cialis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु