बुधबार १८ चैत्र, २०७७
चलचित्र ‘सुदुर’का लागि निर्देशक रमेश बुढाथोकीले नायिका नपाएर हैरान भएका छन् । त्यस चलचित्रमा नायिका वर्षा सिवाकोटीले काम गर्ने पक्का गरे पनि चलचित्रको छायांकन सुरु हुन निकै लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै ‘सुदुर’ छाडिन् ।
यो चलचित्रका लागि नायकको रुपमा मुकुन भुषाल फाइनल भैसकको श्रोतले जानकारी दिएको छ । मुकुनसँग जोडी वाध्ने नायिकाको खोजी भने निर्माणपक्षले गरिरहेको छ ।
वर्षाले छाडेपछि यस चलचित्रको अफर नायिका तथा मोडल रेश्मा घिमिरेसम्म पुग्यो । रेश्मासँग कुराकानी भएको निर्देशक वुढाथोकीले बताए ।
अरुले झैँ रेश्माले पनि चलचित्र नगरेपछि यसको निर्माणपक्षले टिकटकबाट उदाएर म्यूजिक भिडियोमा जमिरहेकी मोडल उषा उप्रेतीलाई पनि अफर गरेको थियो ।
यसको निर्माणपक्षले उषापछि टिकटकबाट उदाएकी मोडल गरिमा शर्मालाई अफर गरेको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरिमा शर्मासँग कुराकानी गरेको जानकारी सामाजिक संजालबाट दिएका छन् ।
यो चलचित्रको छायांकन जुम्लामा हुने बताइएको छ । तर, चलचित्रका लागि कलाकार फाइनल गर्न नसक्दा छायांकन सुरु हुन सकेको छैन ।
अब, गरिमाले यो चलचित्र गर्छिन् या गर्दिनन् त्यो भोलीको कुरा हो । तर, रमेश वुढाथोकीलाई भने चलचित्रको लागि नायिका खोज्न हम्मे–हम्मे परिरहेको छ ।
traitement cialis 5 mg
Levitra Blindness
Propecia Low Testosterone Drug
compra viagra madrid
Viagra Tra I Giovani
Levitra Bayer 5 Mg
Zmabvx plaquenil 200mg
preeplern
buy generic cialis online safely