आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

पूर्व विद्यार्थी समाजले गरे शिक्षकहरुलाई सम्मान 

आईतवार २२ चैत्र, २०७७ विचारवाटिका 2283


पूर्व विद्यार्थी समाजले गरे शिक्षकहरुलाई सम्मान 

चैत २२, काठमाडौं । श्री हिमगंगा उच्च माध्यमिक विद्यालय रामेछाप न.पा.३ साघुटारमा अध्यनरत पूर्व विद्यार्थी समाज (२०५३ ब्याजी)ले नयाँ वर्ष २०७८ सालको शुभकामना आदान–प्रधान तथा वनभोज कार्यक्रमको आयोजना गरी अवकाशप्राप्त शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका छन् । 

सम्मानित हुनेहरुमा अवकाश भएका शिक्षकहरु प्रेम बहादुर बुढाथोकी, तेज बहादुर बुढाथोकी, इच्छा बहादुर बुढाथोकी,  राजकुमार श्रेष्ठ, युवराज सुवेदी, झनहरी दाहाल, यतनहरी सुवेदी, शिक्षिका सुशिला श्रेष्ठ, राधादेवी उदास, पूर्व विद्यार्थी तथा प्रशासनक दिवस कुमार श्रेष्ठ र प्राध्यापक राजेश राईलाई कार्यक्रमका सभापति ५३ ब्याजीका विद्यार्थी मनोज कुमार बज्रचार्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

 

पूर्व शिक्षक, पूर्व विद्यार्थीहरुले आफ्नो मन्तव्य राख्दै आफ्नो सहकर्मी, आफूलाई अध्ययन गराउने गुरुहरु, आफूसँगै पढेका विद्यार्थी साथीभाईहरुलाई भेट्न पाउँदा धेरै खुसी लागेको कुरा व्यक्त गर्दै यो अवसर मिलाई दिएकोमा पूर्व विद्यार्थीहरुलाई धन्यवाद दिएका थिए । वनभोज कार्यक्रममा आयोजक टिम पछि ५४ र ६५ ब्याजीका विद्यार्थीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । 

 

कार्यक्रममा २०७८ सालको भित्तेपात्रो लोकार्पन गर्नुका साथै उपस्थित शिक्षक, पूर्व विद्यार्थीहरुलाई विभिद साँस्कृतिक कार्यक्रमले समेत मनोरञ्जन गराएका थिए ।

 


 




मतहरू

WefInfofs

propecia finapil

smocupt

Stromectol

proscar without a prescription

buy cheap cialis

priligy dapoxetine 60mg

Achat Levitra

Sinenly

https://buyzithromaxinf.com/ - zithromax dosage for strep throat

side effects of gabapentin

Finasteride 3 Mg Propecia


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु