आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

गोठगाउँ सरोकार समाजले नयाँ वर्ष विशेष कार्यक्रमको आयोजना गर्ने 

शुक्रबार २७ चैत्र, २०७७ विचारवाटिका 1827


गोठगाउँ सरोकार समाजले नयाँ वर्ष विशेष कार्यक्रमको आयोजना गर्ने 

चैत २७, काठमाडौं । नयाँ वर्षको सन्दर्भ पारी गोठगाउँ सरोकार समाजले शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रमको आयोजना चैत २८ गते शनिबार बिहान १०ः०० बजे सम्राट पाटी प्यालेस नयाँ बजारमा गर्ने भएको छ । सरोकार समाजले विगतका स्थानिय स्तरमा वृक्षरोपण, विद्यार्थीहरुलाई चित्रकला तालिम, वातावरण संरक्षण लगायत जनचेतना मुलक कार्यक्रम गर्दै आएको यस पाली भने सरोकारका सदस्यहरुलाई मध्य नजर गर्दै काठमाडौंमा सम्भव भए सम्म सव्य र भभ्य कार्यक्रम गर्न आफू लगायतका सरोकारका सबै टिम नै लागी परेको समाजका सचिव मिन बहादुर श्रेष्ठले विचार वाटिकालाई बताए । 

गोठगाउँ–गाठपानीका वडा कार्यलय, विद्यालय, स्वास्थ्य लगायत जानकारीमा आएका सबै आधिकारीक संघ संस्थाहरुलाई पत्रचार गरी जानकारी गराएको समाजका सञ्चालक सदस्यहरु, सल्लाहकार सदस्यहरु, आजिवन तथा साधारण सदस्यहरु लगायत सम्भावना भएका व्यक्तिहरुलाई फोनबाट सम्पर्क गरी जानकारी गराई सकेको र सम्पूर्ण गोठगाउँ–गोठपानीबाट काठमाडौं आई आ–आफ्नो पेशा व्यवसाय गरी बस्नुहुने व्यक्तिहरुलाई सामाजिक संजालको माध्यमबाट जानकारी गराएको, त्यसैलाई आधिकारीक मानी कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको जानकारी सचिव श्रेष्ठले गराए । 

समाजका सदस्यहरुले दिएको जानकारी अनुसार कार्यक्रम समापन पछि विगतमा झैं यस वर्ष पनि गोठगाउँ–गोठपानीका एक घर एक भित्तेपात्रो भन्ने उद्धेश्यका साथ भित्तेपात्रो वितरण गर्ने कार्यक्रम रहेको छ । 
 




मतहरू

Lizanna

https://buytadalafshop.com/ - Cialis

Dawduandy

https://buypropeciaon.com/ - Propecia


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु