बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

राष्ट्रपति भण्डारीले गरिन् नर्सको प्रशंसा

बुधबार २९ बैशाख, २०७८ विचारवाटिका 2613


राष्ट्रपति भण्डारीले गरिन् नर्सको प्रशंसा

बैशाख २९, काठमाठौं । अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा ट्वीट मार्फत् गरेकी छिन् ।

उनले ट्वीटमा भनेकी छन्, “विश्वव्यापी महामारी कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूणर् नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

हरेक मे १२को दिन आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा विश्वभर नर्स दिवस मनाउने गरिन्छ । ‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ बुधबार यो वर्षको नर्स दिवस मनाइँदै छ ।




मतहरू

empalty

buy cialis 5mg This is especially important to remember around unvaccinated or immunocompromised dogs, as the disease can have more serious consequences for these animals


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु