शनिबार २४ कार्तिक, २०८१ (Saturday November 09, 2024)

राष्ट्रपति समक्ष गुहार माग्दै शीतल निवास पुगे विपक्षी दलका नेताहरू ।

बुधबार ७ कार्तिक, २०८१ Bichar Batika 1114


राष्ट्रपति समक्ष  गुहार माग्दै शीतल निवास पुगे विपक्षी दलका नेताहरू ।

कात्तिक ७ काठमाडौं , सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने त्रासले विपक्षी दलका नेताहरू बुधबार राष्ट्रपति रामचन्द्र पाैडेललाई भेटी दल विभाजन सम्वन्धी अध्यादेश आएमा राेकिदिन अनुराेध गर्दै शीतल निवास पुगेकाे थियाे , शीतल निवास पुगेकाे विपक्षी दलका नेताहरू लाई राष्ट्रपति पाैडेलले तेस्तो विधेक आएमा सवैलाई बाेलाएर परामर्श गर्ने आश्वासन दिएकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।
  विपक्षी दलका नेताहरूले यस अघि पनि सभामुख र प्रधानमन्त्रीलाई समेत भेटी दल बिभाजन गर्न सहज हुने अध्यादेश नल्याईदिन अनुराेध गरि सकेकाे छ , शीतल निवासमा राष्ट्रपतिलाई भेट्न माओवाद केन्द्रका नेताहरू पुष्पकमल दाहाल , शक्ति बहादुर बस्नेत , राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शिशिर खनाल ,सुमना श्रेष्ठ , राप्रपाका नेताहरू बुद्विमान तामाङ , हेमजङ्ग गुरूङ , एकीकृत समाजवादीका नेताहरू माधब कुमार नेपाल , राजेन्द्र प्रसाद पाण्डे र आम जनता पार्टीका नेता तिलक थापा मगर पुगेकाे थियाे ।
  

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु