शुक्रबार ७ जेष्ठ, २०७८
जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निणर्य लिन कांग्रेसले बैठक बोलाएको हो ।
जारी बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमको आलोचना कांग्रेस नेताहरुले गर्दै आएका छन् ।