शुक्रबार १४ जेष्ठ, २०७८
जेठ १४, काठमाडौं । कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न आजदेखि काठमाडौं महानगरपालिकाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ ।
महानगरले ११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै शुक्रबारदेखि बृहद् रुपमा कोरोना परीक्षण गर्न लागेको हो ।
कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका तर परीक्षण नगरेका लगायतलाई जेठ १८ गतेसम्म चल्ने एन्टिजिन परीक्षणमा समेट्ने तयारी गरिएको छ ।
अबको ५ दिन सम्म निम्न स्थानमा एन्टिजिन परीक्षण सञ्चालन हुनेछ ।

