बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

बादल पत्नी नैनकला सञ्चारमन्त्री

बिहीबार २७ जेष्ठ, २०७८ विचारवाटिका 1582


बादल पत्नी नैनकला सञ्चारमन्त्री

जेठ २७, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।

एमाले र राजपालाई समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।

पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएको एमाले स्रोतले बताएको छ ।  एक नेताका अनुसार वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको छ । 

स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए ।

तर अदालतको आदेशका कारण सम्भव नभएको बताएपछि नैनकलाको नाम छलफलमा आएको थियो । एक पूर्वमन्त्रीले भने, ‘हामीले हाम्रो पुननियुक्ति हुँदैन भने म्याडमलाई मन्त्री बनाउनुपर्छ । हाम्रो लिगेसी रहन्छ भनेका थियौं ।’

कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु