आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

एमालेले दीपक मनाङेको अभिव्यक्तिबारे माग्यो प्रदेश सरकारको धारणा

शुक्रबार ४ असार, २०७८ विचारवाटिका 1407


एमालेले दीपक मनाङेको अभिव्यक्तिबारे माग्यो प्रदेश सरकारको धारणा

असार ४, काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ ।

केही दिनअघि मन्त्री मनाङेले प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । 

शुक्रबार भएको प्रदेशसभा बैठकमा एमालेका सचेतक मायानाथ अधिकारीले मन्त्री गुरूङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे ।

हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै धम्की दिन थालिएको प्रमुख सचेतक अधिकारीले बताए । कांग्रेस सांसद मेखलाल श्रेष्ठले केही दिनअघि प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुने धम्की दिएका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु