शुक्रबार ७ बैशाख, २०८१ (Friday April 19, 2024)

ललितपुरले वडा अधिवेशन भदौ २१ मै सक्ने

बुधबार १६ भाद्र, २०७८ विचारवाटिका 1680


ललितपुरले वडा अधिवेशन भदौ २१ मै सक्ने

भदौ १६, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन भदौ २१ भित्रै सक्ने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ १८ मा तोकिएको वडा अधिवेशन भदौ २३ सम्म सक्ने समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ ।

जिल्ला सभापति मदनबहादुर अमात्यले केन्द्रीय निर्वाचन समिति र जिल्ला निर्वाचन अधिकृतलाई बुधबार पत्र पठाउँदै ललितपुरका महानगर, नगर र गाउँपालिकाको वडा इकाई अधिवेशन भदौ २१ मा सम्पन्न गर्ने जानकारी गराएका हुन् ।

कांग्रेसले वडा अधिवेशन १८–२३ भदौ र पालिका अधिवेशन २७–२९ भदौसम्म गर्न समयसीमा तोकेको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु