बिहीबार २८ जेष्ठ, २०८३ (Thursday June 11, 2026)

ललितपुरले वडा अधिवेशन भदौ २१ मै सक्ने

बुधबार १६ भाद्र, २०७८ विचारवाटिका 2082


ललितपुरले वडा अधिवेशन भदौ २१ मै सक्ने

भदौ १६, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन भदौ २१ भित्रै सक्ने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ १८ मा तोकिएको वडा अधिवेशन भदौ २३ सम्म सक्ने समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ ।

जिल्ला सभापति मदनबहादुर अमात्यले केन्द्रीय निर्वाचन समिति र जिल्ला निर्वाचन अधिकृतलाई बुधबार पत्र पठाउँदै ललितपुरका महानगर, नगर र गाउँपालिकाको वडा इकाई अधिवेशन भदौ २१ मा सम्पन्न गर्ने जानकारी गराएका हुन् ।

कांग्रेसले वडा अधिवेशन १८–२३ भदौ र पालिका अधिवेशन २७–२९ भदौसम्म गर्न समयसीमा तोकेको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु