शनिबार ८ माघ, २०७८
माघ ८, काठमाडौं । नेकपा एमाले रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्चको दोस्रो विस्तारित बैठकले नगर सम्पर्क मञ्चको प्रतेक वडा सम्पर्क इन्चार्ज र १५ सदस्य सचिवालय गठन गरि सम्पन्न भएको छ।
रामेछाप जिल्ला कमिटी सदस्य विन्दा घिमिरेको प्रमुख आतिथ्यमा नगर सम्पर्कको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा बसेको विस्तारित बैठकमा वागमती प्रदेश सम्पर्क कमिटीको सदस्य तथा रामेछाप –काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज टेक बहादुर श्रेष्ठ ,प्रदेश सम्पर्क कमिटीका सदस्य तथा रामेछाप –काठमाडौं मञ्चका अध्यक्ष बद्री भण्डारी ,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिनेशराज कार्की ,रामेछाप नगर कमिटीको उपसचिव माधब ढकाल ,रामेछाप नगर सम्पर्क मञ्चको प्रमुख सल्लाहकार कुमार घिमिरे लगायत नगर सम्पर्क मञ्चका सदस्यहरूको उपस्थिति ,रहेको थियो।
बैठकले वडा नं १ गोठगाउँमा केशर बहादुर कार्की ,वडा नं २ देउरालीमा राजकुमार खड्का वडा नं ३ साँघुटारमा रामकृष्ण खड्का ,वडा नं ४ हिमगंगामा मोहन बहादुर मगर, वडा नं ५ रामपुरमा डोरराज श्रेष्ठ, वडा नं ६ ओख्रेनीमा गोपाल मगर वडा नं ७ सुकाजोरमा राजकुमार बस्नेत वडा नं ८ रामेछापमा बिष्णु बहादुर श्रेष्ठ र वडा नं ९ ल्याङ्ग –ल्याङ्गमा वेद बहादुर श्रेष्ठलाई इन्चार्ज तोकनुका साथै पदाधिकारी ,वडा इन्चार्ज र एक महिला गरि १५ सदस्यीय नगर सचिवालय गठन गर्ने निर्णय सर्व–सहमतले पारित गरेको छ।
साथै बैठकले नगर सम्पर्क मञ्चको रिक्त भएको उपाध्यक्ष पदमा संजय कुमार घिसिङ र कोषाध्यक्ष पदमा हरि बहादुर रोकालाई मनोनित गर्ने निर्णय सर्व सहमतले पारित गरेको छ।
तस्विर:खिल बहादुर श्रेष्ठ