शुक्रबार १५ आश्विन, २०७८
असोज १५, काठमाडौं । नेकपा एमालेमा आजबाट विधान महाधिवेशन सुरू भएसँगै उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ ।
ललितपुरको गोदावरी सनराइज सभाहलमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो ।
केही समयअघि च्यासलमा भएको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव बिष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा २ जना उपमहासचिव राख्ने व्यवस्था गरिएको थियो।
नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ।
विधान महाधिवेशनबाट यो प्रस्ताव पारित भएमा एमालेमा उपमहासचिव हुने छैनन्। अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन्।