बुधबार १४ पुष, २०७८
पुस १४ रामेछाप ,नेकपा एमाले रामेछाप नगर कमिटीले नगर कमिटीको सदस्य र नगरका अगुवा कार्यकर्ता हरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य ,रामेछापका इन्चार्ज तथा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रशिक्षण दिनु भएको थियो ।

रामेछाप नगर कमिटीको अध्यक्ष रोशन पाख्रीनकोअध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिमा ढुङ्गेल उपस्थित हुनुभएको थियो भने अतिथिहरूमा रामेछाप जिल्ला कमिटीको उपाध्यक्ष तथा खाडादेवि गा.पा.का प्रमुख प्रेम बहादुर तामाङ ,जिल्ला कमिटीको सचिव तथा बागमती प्रदेशको सदस्य आन्नद कुमार श्रेष्ठ ,जिल्ला कमिटीका सचिवालय सदस्य तथा बागमती प्रदेशको सदस्य लबकुमार श्रेष्ठ ,जिल्ला कमिटीको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्की ,जिल्ला कमिटीको सचिवालय सदस्य तथा रामेछाप नगर कमिटीको पूर्व अध्यक्ष होतराज ढकाल,नेकपा एमालेका नेताहरू गोपाल श्रेष्ठ ,नीर बहादुर कार्की ,युगराज पाख्रीन,डेक बहादुर पाख्रीन,धुर्व कार्की ,आन्नदराम श्रेष्ठ ,नगरका जन निर्वाचित वडा प्रमुखहरू नर बहादुर थापा ,धन बहादुर खड्का ,भुपाल श्रेष्ठ लगायत नगरका जन निर्वाचित वडा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिहरू धेरै उपस्थित भएतापनि प्रमुख अतिथि ढुङ्गेलले मात्र अगुवा कार्यकर्ता हरूलाई नेकपा एमाले,काल–माक्र्स ,लेलिनको दर्शन र सिद्धान्तको बारेमा प्रकाश पार्नुका साथै नेकपा एमालेले रामेछापमा गरेको बिकाशको बारेमा समेत जानकारी गराउनु भयो।


