बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

स्थानीय तहका निर्वाचन अधिकृतहरु फेरिए

आईतवार १८ बैशाख, २०७९ विचारवाटिका 2103


स्थानीय तहका निर्वाचन अधिकृतहरु फेरिए

बैशाख १८ काठमाडौं, स्थानीय तहका निर्वाचनका तीन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृतहरु फेरिएका निर्वाचन आयोगले बताएको छ ।

साम्सी गाउँपालिकका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको भन्दै निर्वाचन आयोगले कारबाहीको सिफारिससमेत गरेको छ ।

बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको आयोगस्रोतले बताएको छ । आयोगका एक अधिकृतका अनुसार पछि खोजतलास गर्दा उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका थिए । 

‘उहाँलाई हामीले जिम्मेवारीबाट मुक्त गरेर अर्को निर्वाचन अधिकृत खटाएका छौं’ आयोग स्रोतले भन्यो, ‘कारवाहीका लागि न्याय सेवा आयोगमा सिफारिस गर्ने निर्णय भइसकेको छ ।’ सरकारी वकिल समूहमा रहेका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु